दफा
हवाई यातायात सेवा तथा सुविधा विकास योजना तर्जुमा र कार्यान्वयन

नेपाल  मा हवाई उडान, हवाई सञ्चार, हवाई पथ प्रदर्शन (एयर नेभिगेशन) र हवाई परिवहन (एयर ट्रान्स्पोर्टेशन) सेवाको सञ्चालन सुरक्षित, नियमित, स्तरीय र प्रभावकारी बनाउन प्राधिकरणले देहायका विषयहरूमा हवाई यातायात सेवा तथा सुविधा विकास योजनाको तर्जुमा गरी कार्यान्वयन गर्न सक्नेछ ः–
(क) विमानस्थलको निर्माण, पुन निर्माण, विकास, विस्तार तथा मर्मत सम्भार गर्ने । यसरी नयाँ विमानस्थल निर्माण गर्दा नेपाल सरकारको पूर्व स्वीकृति लिनु पर्नेछ । विमानस्थलको निर्माण, पुन निर्माण, विकास तथा विस्तार गर्दा वातावरणीय प्रभावको मूल्याङ्कन गराई सम्बन्धित निकायको पूर्व स्वीकृति समेत लिनु पर्नेछ ।
(ख) हवाई यातायात सेवा सञ्चालन गराउने ।
(ग) विमानस्थल, विमानस्थल क्षेत्र तथा हवाई मार्ग र सो सम्बन्धी स्थानहरूमा आवश्यक सञ्चार तथा उड्डयन सहाय उपकरण र अन्य यन्त्र तथा उपकरण आदिको व्यवस्था गर्ने ।
(घ) हवाई यातायात सेवा सञ्चालन सम्बन्धी विकसित तथा अत्याधुनिक प्रविधिहरूलाई प्रयोगमा ल्याउने र ल्याउन लगाउने ।
(ङ) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई मार्गहरूको विकास तथा विस्तार गर्ने ।
(च) हवाई यात्रुहरूको लागि आवश्यक स्तरीय यात्रु सेवा सुविधा उपलब्ध गराउने ।
(छ) हवाई यातायात सेवा तथा सुविधा विकास योजनासंग सम्बन्धित विषयहरूमा दक्ष जनशक्ति तयार गर्न उच्चस्तरीय तालीम तथा अध्ययनको प्रबन्ध गर्ने, गराउने ।
(ज) पर्यटन उद्योगलाई टेवा पु¥याउन हवाई यातायात, नागरिक उड्डयन तथा विमानस्थल र विमानस्थल क्षेत्रसंग सम्बद्ध कार्यहरू गर्ने ।
(झ) उपर्युक्त कार्यसंग सम्बन्धित अन्य कार्यहरू गर्ने, गराउने ।